बिर्तामोड । 

बिर्तामोड –४ मा रहेको गोमेन्द्र बहुमुखी महाविद्यालयले पत्रकार तथा साहित्यकार केशव आचार्यलाई सम्मान गरेको छ ।

गोमेन्द्र महाविद्यालयको २८ औं वार्षिकोत्सवका अवसर पारेर २१ हजार १ सय २१ रुपैयाँ नगदसहित आचार्यलाई गोमेन्द्र सम्मान गरिएको हो ।

गोमेन्द्र बहुमुखी महाविद्यालयले २०७२ सालदेखि सो सम्मान दिँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेल, कार्यक्रमका अध्यक्ष गोमेन्द्र बहुमुखी महाविद्यालय संस्थापक अध्यक्ष गणेशप्रसाद खनाल, क्याम्पसका प्राचार्य डा.रुपक खनाल, सहप्राचार्य शरु भुर्तेल खनाललगायतले नगद, दोसल्ला, सम्मान पत्रसहित सो सम्मान प्रदान गरेका थिए ।