झापा । 

झापामा तीनसय ५८ वटा सवारी साधन र छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापाका बिभिन्न स्थानबाट ३५८ वटा सवारी र ६ जना नियन्त्रणमा लिएको हो । 

 फागु अर्थात होली पर्वका अवसरमा अमर्यादित बनाउने तरिकाले सवारी साधन चलाउने ३४७ वटा दुई पाङ्गे, १० वटा तीन पाङ्गे र एउटा चार पाङ्गे सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीले सोमवार (आज) दिउँसो ४ बजेसम्मको समय उक्त सवारी साधन र ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।