बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित पश्चिम बस स्टेण्ड भएको झगडामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राती ८ः२० बजेको समयमा पुरानो रिसिबीका कारण दुई पक्षबीच झडप र सोही स्थानका २३ बर्षिय सुनिराम मुर्मूमाथि छुरा प्रहार भएको थियो । 

झगडामा संलग्न रहेका भन्दै बिर्तामोड १ का २३ बर्षिय राम टुडु, सोही स्थानका २९ बर्षिय सुसान मुर्मु, बिर्तामोड–६ की १९ बर्षिया एलिना श्रेष्ठ, अर्जुनधारा–११ का ३० बर्षिय सरोज सहनी र कनकाई–१ का २३ बर्षिय मनोज बि.कलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । 

झगडामा भएको छुरा प्रहारबाट मुर्मुको बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागेर घाइते भएकी थिइन् । उनको बिर्तामोडस्थित  स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भईरहेको र अवस्था तत्काल गम्भिर रहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रहेका उनीहरुलाई नियन्त्रण गरी इलाका प्रहरी कार्यालय  अनारमनीमा ल्याएर थप बुझ्ने कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।