झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ का निरोज तिम्सिनाले जापानमा पहिलो पटक रक्तदान गरेका छन् । लगभग दुई बर्ष अगाडि उच्च शिक्षा हासिल गर्न जापान पुगेका तिम्सिना टोकियोमा अस्थायी बसोबास गर्दै आएका छन्  ।

तिम्सिनाले बिहीवार (आज) जापानको रेडक्रसमा गएर रक्तदान गरेको फोन मार्फत जानकारी दिएका हुन् । यसअघि उनले नेपालमा रहँदा ६ पटक रक्तदान गरिसकेको र जापानमा पुगेपछि पहिलो पटक रक्तदान गरेको बताए ।

बिद्यार्थी भिजामा जापानमा रहेर आफ्नो कलेज र कामको ब्यस्थताको बाबजुत  रक्तदान गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । ‘आज जापानमा नै रक्तदान गरेँ’ रक्तदानसँगै मलाई थप हौसला र प्रेरणा मिल्यो  उनले भने ‘सबै नेपालीलाइई रक्तदान गर्न आग्रह गर्दछु ।’ उनले रक्तदान जीवन दान भन्ने उदेश्यले रक्तदान गरेको बताएका छन् ।