झापा । 

विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५ सय ५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । बैदेशिक रोजगार बिभागको तथ्याङ्क अनुसार जसमध्ये महिलाको संख्या ६ हजार ७ सय १२ रहेको छ भने पुरुषको संख्या ९४ हजार ५ सय ५६ रहेको छ । 

सन् २००८ मा दुई हजार ८ सय १४ नेपाली श्रमिक कोरिया गएका थिए । २००९ मा एक हजार ९ सय ११, सन् २०१० मा दुई हजार ३ सय ३९, सन् २०११ मा तीन हजार ९ सय ८३, सन् २०१२ मा ६ हजार ३ सय ३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८ सय ६६ कोरिया गएको तथ्यांक छ ।

त्यस्तै सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८ सय, सन् २०१८ मा ८ हजार ५ सय ११, सन् २०१९ मा सात हजार १ सय ३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३ सय ८७, सन् २०२२ मा १४ हजार ३ सय ११, सन् २०१३ मा १९ हजार ६ सय ८९ नेपाली युवायुवती कोरिया गएका छन् ।