झापा । 

कम्पनीले महिनौदेखि तलब नदिदा बैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका ६ सय भन्दाबढी नेपाली कामदार अलपत्र बनेका छन् ।  एक कम्पनीमा काम गरिरहेका ती कामदारलले महिनौदेहि तलब र सेवा सुविधा नपाएपछि उनीहरु बिचल्लीमा परेका हुन् । त्यो कम्पनीमा नेपालीसहित झण्डै १ हजार ५०० जना कामदार रहेको अनुमान छ । 

अलपत्र मध्ये उक्त कम्पनीमा साढे दुई वर्षदेखि करिब २ दशकसम्म काम गरेका कामदारहरु छन् । कम्पनीका ४ वटा साइड चलेका थिए । तर तलब पनि आएन, साइटमा काम गर्ने सामग्री पनि नभएको  एक पीडितको भनाई छ । तीनदेखि पाँच महिनासम्मको तलब आउन बाँकी रहेको ती कामदारले बताए । उनका अनुसार, तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम समेत बन्द छ । 

 कामदारहरूले त्यस्तो जानकारी दिएपछि स्थानीय प्रहरीले कम्पनीका अधिकारीहरुसँग दुई पटक कुरा गरिसकेका छन् । दुवै पटक तलब दिने समयावधि दिइएको थियो । तर पछिल्लोपटक बिहीबारसम्म तलब दिने भनिएको सहमति समेत कार्यान्वयन हुन नसकेको अर्का एक कामदारले बताए । 

अलपत्र परेका नेपाली कामदारहरुबारे गैरआवासिय नेपाली संघ (एनआरएनए) कतार तथा श्रमिक विभाग सहयोगमा जुटेको छ । संघका कार्यवाहक अध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले आफूले सूचना पाएदेखि नै हरेक पल श्रमिकको सम्पर्कमा रहेर सक्दो सहयोग गरिरहेको बताए । खानाका समस्या परेका ६१५ श्रमिकका लागि एनसीसीले खानाको व्यवस्था गर्दै आइरेहको उनले बताए । 

श्रमिकका पीडा कतारको सरकारी निकायका अधिकारी समक्ष पुगेको छ । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानी तथा मन्त्रालयका अन्य अधिकृतहरूको उपस्थितिमा १८ देशका कम्युनिटी लिडर सहभागी महत्वपूर्ण बैठकमा पन्थीले उपसचिव समक्ष नेपाली श्रमिकले पछिल्ला दिनमा भोगी रहेका समस्याबारे जानकारी गराएका थिए । 

 पन्थीका कुरा सुनेपछि उपसचिव थानिले यथाशक्य खानाको व्यवस्था गर्ने र कम्पनीसँग परामर्श गरी तलब भुक्तानीका लागि पहल गर्ने प्रतिबद्दता जनाएको बताइएको छ । श्रमिकलाई कतार सरकारले खाना पानीको व्यवस्था गरेको छ । कतारमा कोही नेपाली समस्यामा परेमा एनसिसि वा आफूलाई सम्पर्क गर्न समेत पन्थीले आग्रह गरेका छन् ।