भापा । 

नेपाली कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग गठन भएको छ । बिभागमा कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाईली ‘स्नेही’ प्रमुख रहेका छन् । 

नेपाली कांग्रेसको विभागमा हाल यूएईमा कार्यरत रूपन्देहीका चित्रबहादुर केसी, हाल अमेरिकामा रहेका मुस्ताङका नवीन शेरचन, लमजुङका राजेन्द्र अधिकारी, मोरङका जयश बोहोरा, वैदेशिक रोजगार व्यवसायी झापाका सुजित श्रेष्ठ,  सिन्धुपाल्चोकका देवकुमार खोखाली, स्याङ्जाका दीपक थापा, उदयपुरका महेश बस्नेत, गोरखाका सञ्जय पनेरू र काठमाडौंकी हिरादेवी बुढाथोकी सदस्य रहेको छन् । 

यता नेकपा एमाले वैदेशिक रोजगार इलाका कमिटीको छैटौं अधिवेशनबाट अध्यक्षमा शिवहरि मैनाली निर्वाचित भएका छन् । एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अन्तर्गत वैदेशिक रोजगार इलाका कमिटीको छैटौं अधिवेशन शुक्रबार नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र नेकपा एमाले केन्द्रीय सदस्य तथा उद्योग व्यवसाय विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरीको आतिथ्यमा सम्पन्न भएको हो ।

 कमिटीको उपाध्यक्षमा सरिता घले, सचिवमा विकास बस्नेत, उपसचिवमा लोकमणि लिम्बू, लेखा अध्यक्ष मदन पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन विश्वकर्मा, शिवराम ढकाल, रुद्र बहादुर लिम्बू, विनोद खनाल, धनमाया सिन्जाली, रामसली लामा, चन्द्रमणि अधिकारी, जनक पौडेल र मदन चौलागाईं निर्वाचित भएका छन् ।