झापा ।

 मलेशियामा कामदारलाई झुक्याएर बैंक खाताको पुरुपयोग बढेको छ । मलेशियामा नेपालबाट भर्खरै पुगेका सोझासिदा कामदारलाई झुक्याएर बैंक खाता दुरुपयोग बढेको नेपाली दूतावासले जनाएको छ ।

मलेशियामा विदेशी कामदारको तलब कम्पनीले अनिवार्य रूपमा बैंकमा पठाउनु पर्ने व्यवस्था छ । तर, भर्खरै गएका कामदारको बैंक खाता ठूला–ठूला स्क्याममा दुरुपयोग भएको गुनासो बढ्न थालेको नेपाली दूतावासले जनाएको हो । 

यसअघि नेपाली कामदार लोट्टो र क्यासिनोको कुलतमा लहसिने प्रवृत्ति बढेकोमा हाल नयाँ कामदारको बैंक खाता अनुभवी नेपालीले दुरुपयोग गरिदिने प्रवृत्ति बढेको हो । कामदारको बैंक खात अनलाइन जुवा जस्ता स्कयाममा दुरुपयोग भएको पाइएको भन्दै दूतावासले आफ्नो बैंक खाता र पासवर्डको जानकारीसँगै एउटै कोठामा बस्ने साथीलाई पनि नदिन आग्रह गरेको छ ।

थोरै समयमा बिनामिहिनेत नै पैसा कमाउने लोभमा युवाहरू जुवाको दुष्चक्रमा फस्ने गरेका छन् ।  मलेसियामा पछिल्लो समय अनलाइन सट्टेबाजीमा फस्ने युवाको संख्या दिनहुँ बढिरहेको दूतावासको भनाइ छ ।