झापा । 

नेपाली कंग्रेस समर्थक म्यानपावर ब्यवसायीहरु पनि नेपाली कांग्रेसको सडक आन्दोलनमा सहभागी भएका छन् । नेपाली कांग्रेसका अन्य शुभेच्छुक संस्था र भ्रातृ संस्था जस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन पनि नेपाली कांग्रेसको आह्वान गरेको सडक आन्दोलनमा सहभागी भएको छ । 

 सहकारी ठगी र सरकारको बलमिच्याईंको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबारदेखि सडक आन्दोलन शुरू गरेको छ ।काठमाडौंको प्रदर्शनी मार्गमा भएको विरोध प्रदर्शनमा लोकतान्त्रिक एशोसिएसन ब्यानरसहित सहभागी भएको थियो ।

विरोध प्रदर्शनमा एशोसिएसनका अध्यक्ष दिपक थापाको नेतृत्वमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, निवर्तमान कार्यसमिति सदस्य तथा सल्लाहकारसहित एशोसिएसनमा आवद्ध ठूलो संख्यामा म्यानपावर व्यवसायीहरू सहभागी भएका थिए ।

उनीहरूले सर्वसाधारणको सहकारीको बचत फिर्ता तथा अपचलन गर्नेहरुलाई कडा कारबाही हुनुपर्नेलगायतका नाराहरु अंकित प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।