झापा । 

 जेठ महिनामा ९३ वटा म्यानपावर कम्पनीले एकसय वढी कामदारलाई बैदेशिक रोजगारका लागि अन्य मुलुक पठाएका छन् । म्यानपावर कम्पनीले जेठ महिनामा मात्र १ सय देखि लिएर ७ स ७५ जना कामदार पठाएका हुन् । 

जेठ महिनामा सवै भन्दा धेरै कामदार पठाउने सुचिको म्यानपावरमा नील कमल ह्युमन रिसोर्स प्रालि रहेको छ । जसले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । नीलकमलले गत महिना जेठमा ७ सय ७५ कामदार पठाएको छ ।

उक्त कम्पनीबाट जेठमा १२ जना महिला कामदार वैदेशिक रोजगारीमा गएका छन् । दोस्रोमा एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रालि रहेको छ । उक्त कम्पनीबाट ५ सय ५२ जना गएका छन् ।

त्यस्तै तेस्रोमा रहेको  सान नेपाल प्रालिले ५३६ जना कामदार बैदेशिक रोजगारीमा पठाएको छ । जेठमा सय वढी कामदार पठाएका म्यानपावर कम्पनीहरूको संख्या ९३ वटा रहेको छ ।