झापा । 

जेठ महिनामा ७२ हजार ८६१ जना नेपाली बैदेशिक रोजगारीका लागि बिदेशिएका छन् । यो संख्या चालु आर्थिक वर्षका अघिल्ला महिनाहरूको तुलनामा धेरै हो । जेठमा  त्यसअघि वैशाखमा उक्त संख्या ७० हजारभन्दा केही बढी रहेको थियो ।

जेठ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीका लागि  सबै प्रदेशमा श्रमाधान रोजगार मेला सम्पन्न गरेको छ । जेठमा म्यानपावर कम्पनीबाट ३६ हजार ७ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३ सय ८६ रहेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए ।

त्यसैगरी पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीमा गएका थिए ।