झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन जना सल्लाहकार र दुई जना कानुनी सल्लाहकार नियुक्त गरेको छ । सल्लाहकारमा संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, नवराज केसी र हरिबहादुर पाण्डे क्षेत्री नियुक्त भएका संघका महासचिव महेशकुमार बस्नेतले जनाएका छन् ।

 संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी  संघको पदेन सल्लाहकार छन् ।त्यसैगरी संघले प्रमुख कानुनी सल्लाहकारमा नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र कानुनी सल्लाहकारमा अधिवक्ता अनुपम भट्टराईलाई नियुक्त गरेको छ । 

त्यसैगरी संघको कार्यसमितिमा मनोनीत ४ जना सदस्यहरूले पनि आइतबार शपथ ग्रहण गरेका छन् । संघका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान २०४९ को दफा १७ (१) अनुसार रविन मेगाले मगर, शिवकुमार कार्की र सविताकुमारी सिंहलाई सदस्यमा मनोनीत गरेका थिए ।