बिर्तामोड  । 

श्रावणी पर्वका अवसरमा आज नजिकको नदीबाट जल ल्याएर मन्दिरहरुमा जल चढाउनेको भीड लाग्ने गरेको छ । त्यसमा पनि आज साउन महिनाको पहिलो सोमवार झापासहित देशभर बोलबमसहित आफुलाई पायक पर्ने नदी तथा खोलामा गएर जल ल्याएर मन्दिरमा चढाइने गरिन्छ । 

 विगतका वर्ष झै यस वर्ष पनि पूर्वको धार्मिक तथा पर्यटकीय स्थल कनकाई नदीबाट जल ल्याएर मन्दिरमा सहित आ–आफ्ना नजिकका मठमन्दिरमा पनि जल चढाउने गरिन्छ । 

यसैगरी कनकाई नगरपालिका–४ स्थित कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिदै आएको छ । उक्त कार्यक्रमलाई थप बिशेष बनाउन सामाजिक ब्यक्तित्व शेरबहादुर थापा कनकाई धाम धार्मिक विकास संस्थाको अध्यक्ष बनेसँगै सुरक्षित, ब्यवस्थित गरिएको छ ।

त्यस्तै कनकाई आरतीसमेत गरिदै आएको छ । यस्तै पूर्वको पशुपतिनाथको नामले समेत परिचित  अर्जुनधारा जलेश्वरधाममा पनि जल चढाउनेको भक्तजनहरुको आज बिहानैदेखि भीड लागेको छ ।

गत असार ३० गतेको सोमवारदेखि साउने सोमबारको व्रत शुरु भएको छ । चन्द्रमानको पात्रो तिथिमा चल्ने अनुसार असार ३० देखि साउने सोमबार व्रत शुरु भएको हो । साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजासहित व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा रहि आएको छ।

kankai dham

फाइल तस्वीर