बिर्तामोड ।
झापा टोस्टमास्टर्स क्लबको नेतृत्व हस्तान्तरण भएको छ। निवर्तमान अध्यक्ष मनोज गयलले नव नियुक्त अध्यक्ष एकता वंशललाई टोस्टमास्टर्स परम्पराअनुसार चेन हस्तान्तरण गरेर नेतृत्व हस्तान्तरण गरिएको थियो । अध्यक्ष वंशलले नेतृत्व ग्रहण गर्दै क्लबलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
नयाँ कार्यसमितिमा अध्यक्ष एकता बंशल, उपाध्यक्ष शिक्षा जान्वीखेडिया, उपाध्यक्ष पुष्पाञ्जली सिन्हा,उपाध्यक्ष जनसम्पर्क अनिल अधिकारी,सचिव विनिता गोयल,कोषाध्यक्ष संकेत बंशल,सर्जेन्ट एट आर्म्स विक्टर इग्नेसियस जोसे रहेका छन्।
कार्यक्रमका झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नयाँ कार्यसमितिको परिचय अन्जु प्रधानले गरेकी थिइन् भने स्वागत सचिव विनिता गोयलले गरेकी थिइन् ।
टोस्टमास्टर्स इन्टरनेशनल एक विश्वव्यापी गैर–नाफामुखी संस्था हो जसले व्यक्तित्व विकास, सञ्चार कला तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि सन् १९२४ देखि काम गर्दै आएको छ। १४० भन्दा बढी देशमा १६ हजारभन्दा बढी क्लबहरू मार्फत सञ्चालित यस संस्थामा विश्वभर लाखौं सदस्य आबद्ध छन्। नेपालमा समेत पछिल्ला वर्षहरूमा यसको लोकप्रियता बढ्दो छ।


















