बिर्तामोड ।
झापा बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहको आयोजनामा शुरु भएको दुई दिने नेतृत्व विकास सम्वन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य तथा समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा भएको कार्यक्रमकाबीच प्रशिक्षण समापन गरिएको हो ।
समूहमा आवद्ध ४० जना महिलाहरुलाई नेतृत्व विकाससँगै माइन्यूट लेखन, उद्घोषण तथा व्यवसाय प्रर्वधनका क्षेत्रमा गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको थियो ।
महिला उद्यमी समूहकी सल्लाहकार चित्रकला ओली र समूहकी महासचिव लीला अनमोलले सहजीकरण गरेको कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले गरेका थिए । समापन कार्यक्रममा स्वागतसहित धन्यवाद ज्ञापन समूहकी उद्योग सचिव सुमी पनेरुले गरेकी थिइन् भने सञ्चालन वाणिज्य सचिव शीला चुडाल तिम्सिनाले गरेकी थिइन् ।
कार्यक्रममा समूहकी पूर्व अध्यक्ष तिलोत्तमा खत्री सहभागीका तर्फबाट मुना प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।


















