झापा ।  

झापा दमक नगरपालिका–४ चियाबगानस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान ६ः४५ बजेको समयमा दुर्घटना भएको थियो । 

उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख ४३६३ नम्बरको यात्रु बाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको  थियो । 

दुर्घटनामा साईकल यात्री दमक–४ स्थित घरघरेका ६० बर्षिय सोमबहादुर बिक गम्भीर घाइते भएका थिए । घाइते उनलाई पचारको लागि दमक अस्पताल दमकमा लगिएको थियो । उपचारकै क्रममा आज बिहान ७ः२८ बजे  डाक्टरले  मृत घोषणा गरेका थिए । 

 लाश सोही अस्पतालमा रहेको, दुर्घटनामा संलग्न  बस र बस  चालक मकवानपुर हेटौडा नगरपालिका–७ का ४७ बर्षिय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक  ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।