झापा । 

झापाको भद्रपुर नगरपालिका–४ नमुना बस्ती चार वटा जंगली हात्तीले चार वटा घरमा क्षति पुर्याएको छ ।  आज (सोमवार) बिहान १ बजेको समयमा वस्ती पसेको चार वटा जंगली हात्तीको समुहले चार वटा घरमा क्षति गरेको हो । 

भद्रपुर–४ का टेकनाथ पराजुलीको टिनको छानो सिमेन्टको ब्लक भएको भन्सार घर भत्काएर अन्दाजि २० मन मकै खाँदा ३५ हजार मूल्य बराबरको क्षति भएको छ भने  सोही स्थानका प्रेमलाल भण्डारीको टिनको छानो भएको भुई तल्ले कच्ची घरको झ्याल फुटाएर एक बोरा चामल सात हजार मूल्य बरारको क्षति भएको प्रहरीले जनाएको छ । 

यसैगरी सोही स्थानका रिता बिकको टिनको छानो काठको बेरा भएको एकतले  कच्ची घरको बरण्डा भत्काएर एक बोरा मकै ७ हजार मूल्य र भद्रपुर–४ स्थित करेला चोकका जितबहादुर लिम्बुको टिनको छानो भएको कच्ची घरको भन्सा कोठाको वाल भत्काएर उनकै ५ वटा सुपारीको बोट, १० ओटा केराको बोटमा क्षति पुर्याउँदा अन्दाजि १३ हजार मूल्य बरावरको क्षति  भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।