गोलधाप । 

झापाको हल्दीवारी गाउँपालिकाले आगामी आर्थिक बर्ष गरिने विकास योजनाको लागत अनुमान तयार गरेर ठेक्का बन्दोबस्त गर्न उक्त क्षेत्रमा स्थलगत निरिक्षण गरेको छ ।  

गाउँपालिकालाई आर्थिक बर्ष ०८२/०८३ मा प्राप्त योजना तथा बजेटबाट हल्दीबारी–१ मा गरिने योजनाका बिषयमा अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनसहितको टोलीले स्थलगत निरिक्षण गरेको हो । 

हल्दीवारी–१ मा विर्तामोड नगरपालिकाको सिमानाबाट साविक गोलधाप गाविस वडा नम्बर ५ इटाभट्टा हुँदै भुतेनी पक्की पुलसम्म, साविक वडा नं १ रामचोकदेखि पूर्व सत्सग मिन्दरबाट  सृजना चोक सडक कालोपत्रे, भुतेनी सिंचाई आयोजना क्यानल निर्माण र गोलधाप बजार  सृजना चोक सडक कालोपत्रे विकास योजनाहरुको अनुगमन तथा निरिक्षण गरिएको छ । 

गाउँपालिका अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, हल्दीवारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य, प्राविधिक टोली र स्थानीय उपभोक्ता सहितको उपस्थितिमा  लागत अनुमान तयार गरि ठेक्का बन्दोबस्त गर्नका लागि स्थलगत निरिक्षण गरिएको छ ।