झापा । 

वैदेशिक रोजगारीलाई रोक्न सरकार क्रियाशील रहेको सरकारको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवायुवतीलाई वैदेशिक रोजगारमा जानबाट रोक्न सरकारले सुविधाहरू थप गरिरहेको बताएका छन् । 

राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले केही हदसम्म युवा पलायन समस्याको रूपमा देखा परेको भएपनि उनीहरूलाई स्वदेशमै रोक्न उच्चतम प्रयास भइरहेको बताए ।

 सरकारले स्टार्टअप, सहुलियत, निब्र्याजी ऋण तथा अन्य विभिन्न अनुदान दिएर युवाहरूलाई नेपालमै केही गर्ने आधार दिइरहेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले  सरकारले यति धेरै गर्दागर्दै पनि अलिकता युवाहरू बाहिर भएको बताएका छन् । 

उनले यो नराम्रो भएको बताउँदै युवाहरुलाई बाहिर जानबाट रोकेर देश विकासको काममा लगाउने विषयमा सरकार क्रियाशील रहेको बताएका छन् ।