बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका कार्य समिति सदस्य एवम् सीएसआर प्रमुख प्रकाश पराजुलीले आफ्नो जन्मोत्सव फरक तरिकाले मनाएका छन् । समाजमा केही फरक र सन्देश मुलक कार्यक्रम गरेर पनि जन्मोत्सव मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै बिर्तामोड नगरपालिका–४ मा रहेको वृद्धाश्रममा सरसफाईका सामग्री र खाद्य सामग्री प्रदान गरेर खुशीयाली साटेका हुन् । परोपकार सेवा केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका आमा–बुबासँग आर्शिवाद लिँदै पराजुलीले जन्मोत्सव मनाएका हुन् ।
नेल्टा झापाका अध्यक्ष समेत रहेका पराजुली विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहेका छन् । हरेक वर्ष जन्मोत्सवलाई फरक र सन्देश मुलक ढंड्गबाट मनाउँदै आएका पराजुलीले पछिल्लो समय ज्येष्ठ नागरिकप्रति माया र ममता हराउँदै गएकाले वृद्धाश्रममा रहेका आमा–बुबासँग खुशी साटेको प्रतिक्रिया दिए।
सो अवसरमा करिब १० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको थियो। जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा इक्यान झापा जिल्ला समिति, नेल्टा झापा जिल्ला समिति र पराजुली परिवारको सहभागिता रहेको थियो। कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवम् झापाका संस्थापक अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना दिएका थिए ।
उनीहरुले हरेक आफ्नो जन्मोत्सवमा ज्येष्ठ नागरिक अर्थात वृद्धाश्रममा रहेका आमा–बुबाको मुहारमा पनि खुशीयाली प्रदान गरेको भन्दै पराजुलीलाई बधाईका साथै शुभकामना दिएका थिए ।


















