झापा ।
मलेशियाले आगामी वर्षदेखि मात्रै आप्रवासी कामदारहरूमाथि बहुस्तरीय लेबी संयन्त्रको कार्यान्वयन गर्ने भएको छ । मलेशिया सरकारले शुरुमा यस वर्षभित्रै लागू गर्ने उद्देश्य राखेको बहुस्तरीय लेबीको कार्यक्रम २०२६ देखि कार्यान्वयन गर्ने जनाएको छ ।
मलेशियाको १३औं राष्ट्रिय योजनाले विदेशी कामदारमाथिको निर्भरता घटाउन विदेशी कामदारमाथि उनीहरूले पाउने तलबको कर (लेबी) लगाउने जनाएको छ । मलेशियाका मानव संशाधन मन्त्री स्टीवन सिमले लेबी कार्यान्वयन गर्नुअघि सबै सरोकारवालाहरूसँग छलफल गर्ने बताएका छन् ।
मलेसियाले सन् २०३० सम्ममा विदेशी कामदारमाथिको निर्भरतालाई १० प्रतिशत र २०३५ सम्ममा ५ प्रतिशतमा घटाउन कदम चालिने जनाएको छ ।
विदेशी कामदारमाथि लगाउने लेबीले मलेशियालीहरूका लागि रोजगारीका अवसर खोल्ने र उनीहरूलाई उच्च आय आर्जन गर्ने बाटो खोल्ने मलेशिया सरकारले जनाएको छ ।


















