झापा ।
झापामा डुवेको अवस्थामा एक जना महिला मृत फेला परेकी छिन् । आज (आइतवार) बिहान ९ः३० बजेको समयमा महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
मेचीनगर नगरपालिका–७ सिदार्थ टोलस्थित पालिया खोलामा तत्काल नामथर र वतन नखुलेको अन्दाजी ५०÷५५ बर्षियाकी महिला घोप्टो परि मृत अवस्थामा फेला परेकी हुन् ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली गएको छ भने लाश पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल मेचि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















