हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाको बजार अनुगमन गरिएको छ । हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा सटर बन्द भएका पसलका सञ्चालकहरुलाई आवश्यक कागजातसहित पालिकाकामा सम्पर्क गर्न आग्रह गरिएको छ । 

पालिकाकी उपाध्यक्ष मैनालीसहित प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र),  जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधि, गुणस्तर तथा नापतौल विभागका कर्मचारी, गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेसहित विभिन्न शाखाका प्रमुख र कर्मचारीको बजार अनुगमनमा सहभागीता रहेको थियो । 

अनुगमन टोलीले हल्दीबारी बजारको अनुगमन  र आवश्यक सल्लाह सुझाव दिएको थियो । सटर बन्द भएका व्यपारीहरुलाई २ दिन भित्र आवश्यक कागजात सहित गाउँपालिका सम्पर्क गर्नको लागि सुचना पनि टाँस गरिएको थियो । 

‘हाट बजार अनुगमनमार्फत उपभोक्ताको हक र अधिकार सुनिश्चित गर्दै, स्वच्छ तथा सुरक्षित व्यापारिक वातावरण निर्माणतर्फ हाम्रो प्रतिबद्धता’ भन्न्े मुल नाराका साथ सोमवार अनुगमन गरिएको थियो ।