बिर्तामोड ।
बिर्तामोड राउण्ड टेबलको ८ औँ वार्षिक साधारण सभा इष्टाना रिसोर्ट, दार्जिलिङमा सम्पन्न भएको छ । अधिकांश सदस्यहरू आफ्ना परिवारसहित कार्यक्रममा सहभागी भएमा थिए । शिक्षा, वातावरण र रक्तदान जस्ता सामुदायिक सेवामा सक्रिय बिर्तामोड राउण्ड टेबलले यस एजिएममार्फत नयाँ नेतृत्व चयन गरेको हो ।
गत कार्यकालमा अध्यक्ष मनोज गोयल, उपाध्यक्ष बिकाश अग्रवाल, सचिव दीपक मित्तल र कोषाध्यक्ष रमन गोयलको सफल नेतृत्वको प्रशंसा गरिएको थियो । यस वर्षका लागि नयाँ कार्यकारिणीमा अध्यक्ष बिकाश अग्रवाल, उपाध्यक्ष रमन गोयल, सचिव साहिल अग्रवाल र कोषाध्यक्ष सुमित पेरिवाल रहेका छन् ।
बिर्तामोड राउण्ड टेबल,उण्ड टेबल नेपाल अन्तर्गतको एक सक्रिय टेबल हो । जुन राउण्ड टेबल इन्टरनेशनलको सदस्य हो । राउण्ड टेवल इन्टरनेशनल विश्वका ६० भन्दा बढी देशमा फैलिएको युवा पेशेवरहरूको गैर–राजनीतिक र गैर–धार्मिक संस्था हो, जसको उद्देश्य मित्रता, सेवा र नेतृत्व विकासलाई प्रवर्द्धन गर्नु हो ।


















