झापा ।
झापाको बाह्रदशीस्थित घाग्रा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज (शुक्रवार) दिउँसो अन्दाजी ३ बजेको समयमा गौरीशंकर मावि डाँगीबारीमा कक्षा–१० मा अध्ययनरत बाह्रदशी–५ कालिदास टोल बस्ने दिलकुमारी राजवंशीकी छोरी १५ वर्षीया झरना राजवंशीको डुबेर मृत्यु भएको हो ।
उनी स्कुलबाट ७÷८ जना साथीहरुसंग घाग्रा खोलामा पौडी खेल्न गएकी थिइन् । पानीको बहाब बढी भएको घुमाउने दहमा परी उनी डुबेकी थिइन् ।
सोही स्थानबाट अन्दाजी ३० मिटर दक्षिणमा झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















