हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका–३ मा बृहत श्रमदान तथा सडक सरसफाइ अभियानलाई निरन्तरता दिइएको छ । वडा कार्यालयमा सम्पन्न सर्वपक्षीय भेलाबाट सार्वजनिक सडक क्षेत्रभित्र रहेका डाले–काले घाँस, कोसेबाली तथा रुख–विरुवाहरू हटाउन साझा निर्णय गर्दै अभियानको थालनी भए पछी हुलाकी सडक खण्डको देउनिया देखि भुसुडि सम्म पहिलो दिन र आज (आइतवार) दोस्रो दिनमा भुसुडीदेखि ढडुवा सम्म श्रमदान मार्फत अभियान समापन गरिएको छ ।
वडाध्यक्ष विष्णुप्रसाद ओलीका अनुसार अभियान निरन्तर अगाडि बढने भएकाले सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बिरुवा हटाइदिन सबै वडाबासीमा अनुरोध गरेका छन।वडा कार्यालयले राति सूचना सार्वजनिक गरिसकेको र अभियान समेत सञ्चालन भइ सकेकाले सम्पुर्ण सडकहरुको अव्यवस्थित बोटविरुबा हटाइने जानकारी दिएका छन् ।
उनले अभियानमा श्रमदान गर्ने ,सहयोग गर्ने र अभियानको सकारात्मक पक्षले तारिफ गर्ने लाई धन्यवाद समेत व्यक्त गरिरहेका छन्। स्थानीयवासीको उत्साहजनक सहभागीता र घर–घरबाट प्राप्त सहयोगले यस अभियानलाई थप प्रभावकारी बनाएको छ। उनले सार्वजनिक हितका लागि अभियानमा निरन्तर साथ दिन सबैलाई आग्रह गरेका छन्। वडाको अगुवाइ र क्रियाशील संघ–संस्थाको सक्रिय सहभागितामा योजनाबद्ध रूपमा कार्यक्रम सम्पन्न हुँदै आएको वडा कार्यालयले जनाएको छ।
अभियानलाई निरन्तरता दिँदै भोलि तेस्रो चरणमा भुसुडी ढडुवा देखि काजली पुलसम्म सरसफाइ गर्ने जानकारी दिइएको छ। पछिल्लो समय हल्दीबारीमा जनस्तरको सहयोगबाट सुरु गरेको अभियान प्रभावकारी देखिएको छ । अभियानको थालनीसँगै अभियानकर्मीहरुले आफ्ना क्षेत्र भित्र पर्ने जग्गा छेउ छाउमा आफै सफाइ गरी असल नागरिकको परिचय दिन समेत आग्रह गरिएको छ ।


















