झापा ।
वैदेशिक रोगजारका सिलसिलामा रहेका नेपाली विभिन्न कसुरमा जेलमा रहेका थिए भने संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले आममाफी दिएको छ ।
युएई सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।


















