झापा । 

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमवार साँझ ५ बजेको समयमा  मेचीनगर नगरपालिका–५ भेटघाट चौकमा करेन्ट लागेर एक युवाको मुत्यु भएको हो । 

मेचीनगर–५ का २२ बर्षिय संदिप राजवंशी आफ्नै घरको टेवल फ्यान बिग्रिएर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर अचेत भएका थिए । 

अचेत भएका राजवंशीलाई उपचारको लागि आम्दा अस्पताल धुलावारी पठाएकोमा उपचारको क्रममा डाक्टरले साँझ ६ बजेको समयमा मृत घोषणा गरेका हुन् । 

इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले गएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।