झापा । 

झापा दमक  नगरपालिका–७ पशुडाँडास्थित पूर्व पश्चिम लोकमार्गमा  दमकबाट भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ८ बजेको समयमा पाडाजुँगी तर्फ जाँदै गरेको प्र१–०२–००२ ख ०९१२ नम्बर को मालवाहक बन्दाकोपी बोकेको ट्रकले विपरित दिशाबाट आउँदै  गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्टरबाट मोटरसाइकल चालक कमल गाउँपालिका गाउँपालिका–५  का अन्दाजी ४३ बर्षीय सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागेर उपचारको लागि दमक अस्पताल दमक पठाइएको थियो ।

अबस्था बोल्न सक्ने सामान्य, पछाडी सवार उनकै श्रीमती  अन्दाजी ४२ बर्षीया  मुना गौतमको घटना स्थलमै मृत्यु भएको हो। उनको शव  दमक अस्पताल दमकको शवगृहमा राखिएको छ ।

थप अनुसन्धान तथा कानुनि प्रकृयाको कार्य भइरहेको तथा ट्रक चालक तेह्रथुमको लालिगुँरास  नगरपालिका–४ का २५ बर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।