झापा । 

झापा कमल गाउँपालिका–३ खानपानी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (बुधवार) दिनको २ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

सोही स्थानका रंजित राईको छोरा २१ बर्षिय उज्वल राईले ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आँफैलाई करेन्ट लागेर घाईते भएका थिए । घाइते उनको करेन्ट लागेर लडीरहेको अवस्थामा उनको आफन्तले देखी प्रहरी चौकी केर्खामा जानकारी गराएका थिए । 

जानकारी पाउन साथ प्रहरी चौकी केर्खाबाट प्रहरी टोली  गएर उनलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा पठाइएको थियो ।  लाईफ लाईन अस्पताल दमकमा ल्याउना साथ ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए । 

लाश दमक अस्पताल दमकको शवगृहमा राखिएको घटनको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।