सुरुङ्गा ।

अघिल्लो बर्षझै यस बर्षपनि झापा कनकाई–३ स्थित कालिस्थानमा बंगाली समाज समाज सेवा समितिले तीन दिनसम्म माँ मनसा देविको पूजा गरेर मनाउन भएको छ । समाजले भदौ ११ गतेदेखि १३ गतेसम्म गर्ने भएको छ । 

विगत ५ बर्षदेखि बंगाली समाजले कनकाई–३ सुरुङ्गाको कालिस्थानमा मनसादेविको पुजा आरधना गर्दै आइरहेको छ । अघिल्ला बर्षको भन्दा यस बर्षको पूजालाई थप व्यवस्थित गरिएको बंगाली समाजले जानकारी गराएको छ । 

सुरुङ्गा कालिस्थानमा हुने तीन दिने धार्मिक अनुष्ठान माँ मनसा देवी पूजा हुनेमा देशभरका बंगाली समाज र अन्य समुदायका भक्तजनहरुको समेत ठुलो सङख्यामा भेला हुने समाजले जनाएको छ ।  पूजामा जप धार्मिक गतिविधि सास्कृतिक कार्यक्रम धार्मिक झाँकी र ताण्डप नृत्य लगायातका सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ । 

पूजालाई धार्मिक र सास्कृतिक बनाउनका लागि विभिन्न उपसमिति बनाइएको र अन्य क्षेत्रबाट समेत कलाकार र भक्तजन आउने र झाँकी सहितको सजिसजाउँ टोलीले सुरुङ्गा बजार परिक्रमा गरेर कालिस्थान मनसादेवि थानमा सामेल हुने बताइएको छ । 

पूजा सम्पन्न गर्न करिव साढे ५ लाख रुपैँया खर्च हुने र यसको व्यावस्थापन बंगाली समाजका सदस्यहरु र अन्य संघ संस्था सामाजिक व्यक्तित्व र कनकाई नगरपालिका र वडा कार्यालयबाट संकलन गरिने लक्ष्य रहेको समाजका अध्यक्ष पंकज मण्डलले जानकारी दिएका छन् । 

कनकाई माई नदीबाट जल लिएर धनुषकोटी धाम जाने बाटोमा रहेको ग्रामथानमा झाँकीसहित पदयात्रा निकालिने, रात्रीकालिन भजन, धार्मिक नाटक र विविध शिव ताण्डवलगायत झाँकी प्रदर्शन गरिने छ ।