विर्तामोड ।
मारवाडी सेवा समिति विर्तामोडको अध्यक्षमा विजयकुमार गोयल चयन भएका छन् । समितिको सभाहलमा सोमबार सम्पन्न ३२ औं साधारणसभा तथा १२ आं) अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी, अधिवेशनले समितिको उपाध्यक्षमा दिपक मित्तल, सचिवमा गौरीशंकर गुप्ता (टिंकु), सहसचिवमा बजरंगकुमार अग्रवाल र कोषाध्यक्षमा सुमित साहेवालालाई चयन गरेको छ भने सदस्यमा यज्ञराज अग्रवाल, सुरेशकुमार अग्रवाल, अमितकुमार अग्रवाल, पंकज मित्तल, श्याम अग्रवाल, मिनप्रसाद अग्रवाल (सञ्जय) र मनोज गोयल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
विधान अनुसार पहलो चरणमा १२ जना सदस्य चयन गरिएको र तिनै १२ जनामध्येबाट पदाधिकारी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक शिवकुमार अग्रवालले जानकारी दिए ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि मित्तल, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेलगायतले अबिर खादा लगाएर शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मित्तलले युवाहरू विदेश पलायन भइरहेको परिप्रेक्ष्यमा विर्तामोडका मारवाडी युवाहरूले संस्थागत रूपमा सामाजिक सेवामा अग्रसर बन्नुले शुभसन्देश दिएको बताउँदै नेतृत्वमा युवाको सहभागिताले उल्लेख्य उपलब्धि हासिल हुने बताए ।
यसअघि सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष मोहनकुमार मित्तलले अध्यक्षको प्रतिवेदन, सचिव दिपक मित्तलले वार्षिक प्रतिपेदन र कोषाध्यक्ष इन्द्रचन्द विन्दलले आयव्ययसहितको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


















