शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनोज घिमिरे आएका छन् । प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका घिमिरेलाईलाई स्वागत गरिएको छ ।
सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत घिमिरे झापाको अर्जुनधारामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका हुन्। उनलाई आज (शुक्रवार) एक कार्यक्रमका बीच नगरपालिकामा स्वागत गरिएको छ ।
नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुलीलागयतका जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्वागत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जनप्रतिनिधि, नगरका कर्मचारीहरुसँगको समन्वयमा समृद्ध नगर बनाउन आफ्नो भूमिका रहने बताए ।
सोही कार्यक्रमका बिच अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका तिलोचन रिमाललाई सम्मानसहित बिदाइ गरिएको छ ।
रिमालले नगरको विकासमा महत्वपूर्ण योगदान गरेको नगरप्रमुख गोम्देनले बताए। गोम्दनेले मधेश प्रदेशमा सरुवा भएको र रिमालको आगामी कार्यकाल थप सफताको कामनासहित शुभकामना दिएका थिए ।


















