बिर्तामोड । 

जेन–जी पुस्ताले झापाको बिर्तामोड नगरपालिकामा प्रदर्शनका क्रममा गरेको आगजनी र तोडफोडका कारण जिल्ला प्रशासन कार्यालय झापाले कफ्र्यु जारी गरेको छ । जेन–जी पुस्ताको आन्दोलनले बिर्तामोडमा पनि उग्र रुप लिएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । प्रशासनले स्थानीय प्रसासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यूको आदेश जारी गरिएको छ । 

आज (सोमवार) राति ८ः३० बजेदेखि भोलि बिहान अर्थात मंगलबार ५ बजेसम्म कफ्र्यु जारी गरिएको हो । पूर्वमा बिर्तामोड वसपार्क छिर्ने मोड, पश्चिमा रामचोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिकमोडसम्म चार किल्ला भित्र कफ्र्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्धारा जारी कफ्र्यु आदेशमा छ । 

तोकिएको सिमाभित्र कसैले आवत–जावत गर्न, भेला हुन, सभाजुलुस प्रदर्शन गर्न, वैठक र घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको छ ।