शनिश्चरे ।
जेनजी प्रदर्शनका क्रममा झापाका स्थानीय तहका कार्यालय तथा वडा कार्यालयमा ठूलो क्षति भएको छ । गत भदौं २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन र कार्यालय भित्रका सामाग्री तोडफोडसँगै आगजनी भएकाले केही स्थानीय तहले सूचना जारी गर्दै कार्यसम्पादन स्थगित भएको जनाएका छन् ।
यसै क्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले एक सूचना जारी गर्दै असामान्य स्थित उत्पन्न भएकाले कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको जनाएका छन् ।
उनले जारी गरिएको सूचनामा भनिएको छ ‘नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा आगजनी तथा तोडफोड भएका कारण क्षति भएकाले अर्को सूचना नभएसम्मका लागि यस कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरु, शनिश्चरे अस्पताल तथा स्वास्थ्य संस्थाहरुको (अत्यावश्यक सेवा बाहेक) सेवा स्थगन गरिएको तथा सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।’



















