हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय अन्तरगतका सवै सेवा भोलिदेखि सुचारु हुने भएको छ । पालिकामा  आज (शनिवार) कर्मचारीहरुको वैठकले पालिकाको कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा सुचारु गर्ने निर्णय भएको हल्दीबारी–५ का वडासचिव भजन संग्रौलालले जानकारी दिए । 

जेनजी युवाहरुको आन्दोलनसँगै बन्द रहेको गाउँपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा आधारभूत अस्पतालबाट गरिने सम्पूर्ण सेवाहरू आगामी भदौ २९ गते आइतबारदेखि नियमित रुपमा पुनः सुचारु हुने भएको छ । 

गत भदौं २३ र २४ गते देशब्यापी रुपमा भएको जेनीजी आन्दोलनमा देशैभरका स्थानीय तहका कार्यालयमा तोडफोड र आगजनी भएका छन् । हल्दीबारी गाउँपालिकामामा भने खासै आन्दोलनबाट अप्रिय घटना नभएको भएपनि बिर्तामोड नगरपालिकामा प्राविधिकले कामको सिलसिलामा गएर राखेको मोटरसाइकलमा भने आगजनी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।