• बिमल भारती 

दोहा, कतार ।  

झापाली समाज कतारका संरक्षक महेन्दप्रसाद चम्लागाईले झापा, मोरङ र सुनसरी जिल्लामा रहेका सन्थाल जातीहरुको परम्परागत झाँकी पोशाक सहयोग गरेको छ । झापाली समाज कतारका संरक्षक चम्लागाईको एकल सहयोग तथा झापाली समाज कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहजीकरणमा साथै उपस्थितिमा झापा, मोरङ र सुनसरी जिल्लामा रहेका सन्थाल जातीहरुको साझा संस्था नेपाल प्रवासी सन्थाली राहत कोष झा.मो.सु. कतारलाई झाँकी पोशाक वितरण गरेको हो ।  

झापाली समाज कतारले गत शुक्रवार नेपाली रुपयाँ ७० हजार ५०८ रुपैयाँ बराबरको १५ थान झाँकी पोशाक संस्थाकि कार्यबाहक अध्यक्ष सरु टुडुलाई सहयोग हस्तान्तरण सम्पन्न गरेको छ । झापाली समाज कतारका अध्यक्ष चानीलाल राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा  झापाली समाज कतारका संरक्षक महेन्दप्रसाद चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । 

झापाली समाज कतार संरक्षक भवानीप्रसाद कोईराला, नेपाल प्रवासी सन्थाली राहत कोष झा.मो.सु. कातारकि कार्यबाहक अध्यक्ष सरु टुडु, झापाली समाज कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र सन्थाल समाजका पदाधिकारीहरुको बिशेष उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष गणेशप्रसाद दुलालले उपस्थित सबैलाई स्वागत गरेका थिए । 

कार्यक्रममा आफ्नै भेषभुषामा सजिएर आएका सन्थाली दाजुभाईहरुसँग फोटो लिदै नेपाल प्रवासी सन्थाली राहत कोष झा.मो.सु. कतारकि कार्यबाहक अध्यक्ष सरु टुडुले आफ्नो समुदायलाई आफ्नै सस्कृतिको पोशाक सहयोगसहित विभिन्न समयमा गरेको सहयोग स्मरण गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि झापाली समाज कतारका संरक्षक भवानीप्रसाद कोईरालाले सन्थाल समुदायलाई शिक्षाको आवश्यक रहेको र लोपोन्मुख हुन लागेको उक्त समुदायको सस्कृति संरक्षणको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता  जनाएका थिए । झापाली समाज कतारका संरक्षक महेन्दप्रसाद चम्लागाईले भूगोलको जुन कुनामा रहे पनि नेपालका सम्पूर्ण जात जातिका संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्ने सबैको दवित्व भएको बताए । उनले अझै लोपउन्मुख जाति र संस्कृतिलाइ प्राथमिकता राखेर अघि बढ्नु पर्ने बताउँदै जगेर्ना गर्न नसके लोप भएर जाने र बिदेशी संस्कृति हावी हुने खतरा बढन सक्ने बताए । उनले यस्ता संस्कृति र झाकिलाइ विदशी मञ्च सम्म पुर्याउने र नेपाली संस्कृतिलाइ कतारको स्थानीय मिडिया र यहाँको संस्कृति बिभागसम्म पुर्याउनतर्फ हर प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । 

कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष लोक थापाले  गरेका थिए भने सन्थाल समाजलाई आगामी दिनमा झापाली समाज कतारबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाएका । कार्यक्रमका सभापति चानिलाल राजबंशीले उपस्थित बिशेष अतिथि र सहयोग गर्ने समाजका संरक्षक अग्रज चम्लागाई तथा पदाधिकारी र सदस्यहरुलाई धन्यवादसहित हार्दिक आभार व्यक्ति गरेका थिए ।