चारपाने ।
झापा बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको जेम्स फिटनेस एण्ड जुम्बा सेन्टरले बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
सेन्टरले आज (आइतवार) चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा महानवमी तथा विजया दशमी सांस्कृतिक कार्यक्रम–२०८२ को आयोजना गरी केक काटेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।
यसअघि पनि बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सेन्टरले बडादशैको अवसर पारेर आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा उपस्थित सवैलाई नौदुर्गा देवीको प्रसादका रुपमा टीका लगाएको थियो । सेन्टरले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चारपाने चोकमा सार्वजनिक तीज सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।
जेम्स फिटनेस एण्ड जुम्बा सेन्टरका सञ्चालक जेम्स उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले पारेका थिए । कार्यक्रममा उपस्थित सवैले एकअर्कामा बडादशैंको शुभकामना आदान–प्रदान गर्दै बिभिन्न खानेकुराका परिकारको स्वादसमेत लिएका थिए ।
कार्यक्रमको सहजीकरण सामाजिक व्यक्तित्व तथा महिला नेतृ पार्वता गिरीले गरेकी थिइन् । त्यस्तै जुम्बा प्रशिक्षक निशा मोक्तानले उपस्थिति सवैलाई बडादशैंको शुभकामना दिएकी थिइन् । कार्यक्रममा उपस्थित सवै सांस्कृतिक कार्यक्रममासमेत सहभागी भएका थिए ।



















