बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आर्थिक तथा सामाग्री सहयोग गर्ने क्रम जारी छ ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मतसम्भार भइरहेको छ । यसैक्रममा गणपति बेकर्सका प्रोपाइटर राजु ढकालले एक थान प्रिन्टर प्रदान गर्दै आगामी दिनमा पनि सकेको सहयोग गर्ने आश्वसन दिएका छन् ।
निखिल इन्टरप्राइजेजका पप्पु बिन्दल र इन्द्र बिन्दलले कार्यालय प्रमुखका लागि सम्पूर्ण फर्निचरका सामाग्री २ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको सामाग्री मिलेर सहयोग गरेको बताइएको छ ।
यसैगरी घिमिरे पूजा सामाग्रीका प्रोपाइटर रमेश घिमिरेले शंखसहित ५ हजार ५५५ रुपैयाँ बराबरको सामाग्री दिएका छन् । उक्त सामाग्री भवन पुनःनिर्माणका अगुवा विपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरी, सजेश शिवाकोटीसहित इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेललाई हस्तान्तरण गरिएको छ ।
यसैगरी सुनचाँदी व्यवसायी संघले एक सेट कम्प्युटर र एउटा पिन्टरसेट प्रदान गरेको बताइएको छ ।


















