बिर्तामोड । 

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माणका लागि धेरैले सहयोग गरिरहेका छन् । बडादशैंको अष्टमीको दिन पनि यो समाचार तयार पार्दासम्ममा १२ दाताहरुले सहयोग गरिसकेको भवन पुनःनिर्माण अभियानका अगुवा तथा युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक युवा व्यवसायी बिपिन बजगाँईले जानकारी दिए । 

युवा व्यवसायी तथा समाजसेवी कुमार गिरी बिर्तामोडस्थित चारपानेबाट ५१ हजार, समाजसेवी जलकुकार गुरुङबाट ५० हजार, बिर्तामोड कवाडी व्यवसायी संघ ७१ हजार, अपार फाउण्डेशन बिर्तामोडबाट २१ हजार, रिकभरी बिर्तामोडका अध्यक्ष प्रकाश आले २९ हजार १५ रुपैयाँ, सिजर राजभण्डारी १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् । 

यसैगरी बेनु गिरी र केशव गिरीले २५ हजार, शिवमु हाउजिङ मनोज प्रसाईले २१ हजार, चन्द्र सापकोटा बिर्तामोडले ३० हजार, डा. धर्मपाल रायले २५ हजार, मनिषा आइरन बिर्तामोडले २५ हजार, नविन किराना बिर्तामोडले ११ हजार ५०० र रुपक गेदार थापाले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । 

उनीहरुले भवन पुनःनिर्माण तथा मर्मत सम्भार अभियानका अगुवा बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरी, सजेश शिवाकोटीलाई उक्त रमक हस्तान्तरण गरेका हुन् । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त प्रहरी कार्यालयका कारण बिर्तामोडमा शान्ति सुरक्षाको चुनौती वढेसँगै स्थानीयले भवन पुनःनिर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम जारी छ ।