झापा ।
झापाको शिवसताक्षी नगरपालिका–५ स्थित माईखोलाको बिच भागमा एक व्यक्ति मृत फेला परेका छन् । आज (बुधवार) बिहान ११ः४० बजेको समयमा फेला परेको लाशको पहिचान भने खुलेको छैन ।
नाम थर वतन नखुलेको अन्दाजी ५५÷६० बर्षीय पुरुष मानिस पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । स्थानियहरुको सहयोगमा उक्त लाश घटनास्थलबाट १०० मिटर पूर्वतर्फ निकाली सुरक्षित राखिएको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली गएको थियो । दिनको १ बजेको समयमा सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लाश पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
४ः३० बजे उक्त बेवारिसे लाश प्रादेशिक अस्पताल भद्रपुरमा राख्ने ठाउ नभएको कारणले मदन भण्डारी ट्रमा अस्पताल मंगलबारे मोरङमा लगेर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















