झापा ।
झापाको भद्रपुर नगरपालिका–४ तारानगरस्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । विहीवार साँझ ६ः५५ बजेको समयमा ४ बर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र.१–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले सोही स्थानका समिर रायमाझीको छोरी ४ बर्षीया इन्दु रायमाझीलाई खेल्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करबाट बालिका शरिरको बिभिन्न भागमा चोट लागेर घाईते भएकी थिइनु । घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा आज बिहान ७ः४० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















