चन्द्रगढी ।
झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १२ औ साधरणसभा सम्पन्न भएको छ । भद्रपुर नगरपालिका–९ स्थित मुना सामुदायिक भवनको सभाहलमा शनिबार उक्त साधरण सभा सम्पन्न भएको हो । कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधरण सभामा अध्यक्ष चुडामणि मैनालीले सस्थाको वार्षिक नीति, कार्यक्रम प्रस्तुत गरेका थिए ।
सस्थाका पूर्व प्राबिधिक कर्मचारी बिदुर तिवारीलाई सम्मान गरिएको कार्यक्रममा प्रदेश मन्त्री एकराज कार्की, भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष राम दाहाल र बाबु राम कार्कीले शुभकामना राखेका थिए ।
चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अध्यक्ष चुडामणि मैनालीको अध्यक्षता, उपाध्यक्ष गोपाल कार्कीको स्वागत र सचिव दुर्योधन कार्कीको सन्चालन रहेको कार्यक्रममा कोसाध्यक्ष यशोदा नेउपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले नयाँ कार्यसमिति चयनका लागि दामोदर घिमिरेको सम्योजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । तीन सदस्यीय निर्वाचन समितिमा राजु बराल र मनकुमार डाँगी सदस्य रहेका छन् ।


















