हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ५ ले कृषकलाई कुषि उपकरण वितरण गर्ने भएको छ । वडाध्यक्ष खड्ग बहादुर लावतीले आइतवार एक सूचना जारी गर्दै कृषी उपकरण तथा सिंचाइ मोटरका लागि कृषकलाई आव्हान गरेका छन् ।
हल्दीबारी–५ को आर्थिक बर्ष २०८२/०८३ को वडाको सिलिङ्गबाट कृषी शसक्तिकरण कार्यक्रम तथा कृषी उपकरण खरिद शिर्षकबाट खर्च हुने गरी ५०÷५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तगत कृषि उपकारण वितरण गरिने जारी सूचनामा उल्लेख छ ।
वडाले चाँपकटर, मकै रोप्ने मेशिन, मकै छोडाउने मेशिन, हुयलब्यारो (ठेलागाडी), स्प्रेयर ट्याङकी, सिंचाई मोटर तथा अन्य कृषी सामाग्रीहरुको लागि र निःशुल्क मकै गोड्ने हलो वितरण गर्ने भएको वडासभिव भजन संग्रौलालले जानकारी दिए ।
आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले २० दिनभित्र निवेदन पेश इच्छुक किसानहरुलाई वडाध्यक्ष लावतीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।


















