चन्द्रगढी ।

झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिकोको कार्यसमिति निर्वाचन कार्तिक ११ गते हुने भएको छ ।चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समिति द्वारा गठित निर्वाचन समितिको आज (सोमबार) बसेको बैठक्ले कार्तिक ११ गते कार्यसमिति निर्वाचन गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य राजु बरालले बताए । 

निर्वाचन कार्यक्रम अन्तर्गत पहिलो चरणमा टोल सम्योजक र  परिसद सदस्यको निर्वाचन असोज २९, ३० र ३१ गते सम्पन्न गर्ने कार्यक्रम रहेको छ । कार्यसमितिको उम्मेदवार मनोनयन दर्ता कार्तिक १ गते र उम्मेदवारको अन्तिम नामावली प्रकासन कार्तिक २ गते गरिने निर्वाचन समिति सदस्य बरालले जानकारी दिए।

चन्द्रगढी दोस्रो खानेपानीमा भद्रपुर नगरपालिका वडा नं. ९ र १० का १०६० उपभोक्ता लाभान्वित रहेका छन् ।