झापा ।
झापाको मेचीनगर नगरपालिका–१४ धुवागढीमा छतबाट लडेर घाईत भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको सोमवार उपचारको क्रममा मृत्यु भएको हो ।
गत असोज १ गते दिनको ४ बजेको समयमा मेचीनगर–१४ धुवागढीका अन्दाजी ४० बर्षीय विरबहादुर भुजेल आफ्नै एक तले घरको छतबाट आचानक लडेर घाइते भएका थिए ।
घाइतेको उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा हिजो सोमवार साँझ अन्दाजी ५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















