झापा ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार बन्दी पक्राउ परेका छन् । बुधवार दिउँसो अन्दाजी १२ः३० बजेको समयमा फरार कैदी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले गत भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा चितवन कारागारबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका थिए ।
सालकको अखेटोपहार मुद्दा शिर्षकको बन्दी थुनुवा झापाको शिवसताक्षी नगरपालिका–८ का २७ बर्षीय विवश रोक्कालाई उनकै घर वतनबाट पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















