बिर्तामोड ।
पाथिभरा छठ पूजा समिति बिर्तामोड–१ ले यस वर्ष अर्जुनधारा–६ स्थित अदुवा खोलामा छठ पूजा गर्ने भएको छ । बिगतदेखि बिर्तामोड–१ स्थित पाथीभरा मन्दिर छेउको अदुवा खोलामा हुँदै गरेको छठ पूजा यस बर्ष महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा–६ स्थित अदुवा खोलामा गर्ने तयारी गरिएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले जानकारी दिए ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्शा पूरा हुने उद्देश्यले श्रद्धापूर्वक छठ मनाइने गरिएको अध्यक्ष साहले बताए । अर्जुनधारा–६ स्थित अदुवा खोलामा ६० वटा घाट निर्माण गरिने र त्यहाँ एक सय २० परिवारले विधीपूर्वक छठ पूजा गर्ने गरी तयारी गरिएको उनले बताएका छन् ।
विगतदेखि बिर्तामोड–१ स्थित पाथीभरा मन्दिर छेउको अदुवा खोलामा हुँदै गरेको छठ यस बर्ष त्यहाँ बिर्तामोड नगरपालिकाले तटबन्ध निर्माण गर्न वाल निर्माण गरेपछी भक्तजनलाई असहज हुने भएपछी अर्जुनधारा–६ स्थित अदुवा खोलामा छठ पूजा गरिने पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ताले जानकारी दिए ।
छठ पूजा सम्पन्न गर्न बिनोद साहको अध्यक्षतामा पाथिभरा छठ पूजा समिति गठन गरिएको थियो । समितिका उपाध्यक्षमा शम्भू साह, महासचिव सुरेश गुप्ता, सचिवमा भोला मोहोली, कोषाध्यक्षमा सन्तोष रजक रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अशोक साह, चन्द्रावति साहु तेली, पुष्पा गुप्ता, अपूर्व दास, रामकुमारी देवी राय, खड्गकुमारी शर्मा ठाकुर रहेका छन् । यसैगरी सल्लाहकारहरुमा बालकृष्ण दाहाल, रघुनन्दन बि.क., दल्लु राया, सिंहेश्वर चौधरी, नरेश ठाकुर, सञ्जय गुप्ता रहेका छन् । पाथिभरा छठ पूजा समितिले महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अदुवा खोलामा गरिने छठ पूजामा सहभागीताका लागि सबैलाई आग्रह गरेको छ ।


















