झापा ।
झापा दमक नगरपालिका–८ अर्गानिक कृषी भवन छेउको एक घरमा आगलागी भएको छ । आइतवार दिनको ४ः३० बजेको समयमा सोही स्थानका रविन खड्काको घरमा आगलागी भएको हो ।
टिनको छानो खाबाको खम्बा सेन्टर बेरा गरेको दुई तले टाडे घरको पछाडीको कोठाबाट बिद्युत सर्ट भएर आगोलागी हो । आगलागीबाट उक्त घर पूर्ण रुपले जलको छ ।
उक्त घर भित्र राखेको सम्पूर्ण सर सामान, लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, फर्निचरका सामान, गरगहना पुर्ण रुपले जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्ष्ाितको भने तत्काल यकिन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगो स्थानियबासी, इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, मोरड उर्लाबारी नगरपालिकाको दमकल, कमल गाउँपालिकाको दमकलको सहयोगमा साँझ ५ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















