झापा ।
झापाको हल्दीबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसर भित्र गएराति जंगली हात्तीले क्षति पुर्याएको छ ।
गएराति १२ बजेको समयमा दुईवटा जङ्गली हात्ती आएर क्षति गरेको जानकारी सोही मन्दिर व्यवस्थापनका अध्यक्ष जयप्रसाद पोखरेलले प्रहरी चौकी जलथलमा आज (सोमवार) बिहान ९ बजे निवेदनसहित जानकारी गराएका थिए ।
जानकारी प्राप्त हुन साथ प्रहरी चौकी जलथलको प्रहरी टोली गएर बुझ्दा उक्त मन्दिरको स्टोर भवनको बायाँपट्टिको झ्याल तथा कम्पाउन्ड दिवाल भत्काउँदा अन्दाजी २० हजार मूल्य बराबरको भौतिक संरचनामा क्षति जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















